ट्रम्प, किम वान-अन-वान वार्ता आज, खान खाएलगत्तै ट्रम्प फर्किने

रिपोर्ट नेपाल | 2018 Jun 12 | 06:47 am 2591

सिंगापुर, जेठ २९: लामो समयदखिको प्रतिक्षापछि हुन लागेको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको वार्ता आज (जुन १२ मंलगलबार) हुँदैछ ।

सामूहिक भेटवार्तापछि उनीहरुका बीचमा वान-अन-वान हुनेछ । वान-अन-वान वार्तामा अनुवादकबाहेक कसैले प्रवेश पाउने छैनन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र सँगैखाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् ।

सामुहिक भोजपछि अमेरिकि राष्ट्रपति ट्रम्प अमेरिका फर्किने छन् । अपेक्षा गरिएभन्दा चाडो उनी वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ ।

ट्रम्प र किमबीच मङ्गलबार सिंगापुरमा शिखर वार्ता हुन लागेकोमा वार्ता सकिने वित्तिकै ट्रम्प सोही बेलुका आठ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्नेछन् ।

उनीहरूबीच बिहान नौ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.