ट्रम्प-किमले इतिहासमै पहिलोपटक हात मिलाए

| 2018 Jun 12 | 07:38 am 3019

काठमाडौं, जेठ २८ : अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किन जोङ उनबीचको  बहुप्रतिक्षित वान-अन-वान शिखर वार्ता सुरु भएको छ ।

शिखर वार्ताका लागि सिंगापुर पुगेका अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किन जोङ उनले इतिहासमै पहिलोपटक १२ सेकण्डसम्म हात मिलाउदै वार्तालार्इ अघि बढाएका छन् ।

ऐतिहासिक भनिएको यस शिखर वार्तामा ट्रम्पले किमलार्इ निसशस्त्रिकरणका लागि आग्रह गर्ने छन् । त्यसको बदलामा उत्तरकोरियालार्इ विशेष सुरक्षा दिने प्रतिबद्धता ट्रम्पले गर्ने अपेक्षा गरिएको छ ।

वान-अन-वान वार्ता शुरु हुनुपुर्व ट्रम्प र किमले मिडियासँग प्रतिक्रिया दिदै वार्ता सफल हुने र निकट र भरपर्दो समबन्ध स्थापित गरिने बताए । ट्रम्पले भने, ‘मलार्इ कुनै शंका छैन ।’

किमले आजको दिन आउन विगत त्यती सहज नभएको प्रतिक्रिया दिए । वार्ताकालागि यसअघिका पूर्वाग्रही गतिविधिहरु बाधक बनेको बताउँदै भने, ‘हामीले ती बाधाहरुमाथि विजय हासिल गरेका छौं र हामी आजका वार्ताका लागि तयार भएका छौं ।’

उनीहरु दुवै जना वान-अन-वान वार्ताका लागि सिंगापुरको कपिला होटलभित्र प्रवेश गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.