ट्रकको ठक्करबाट वृद्धको मृत्यु

| 2021 Feb 14 | 02:07 pm 2253

माेरङ, फागुन २ः ट्रकको ठक्करबाट मोरङमा एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठ रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ साइकलमा यात्रा गरिरहेका वृद्धलाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिई घाइते बनाएको मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । ना ३ ख ५६९१ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भए,’ प्रवक्ता राईले भने, ‘श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको हो ।

ट्रक र चालक धनकुटाको साँगुरीगढी–६ का ३१ वर्षीय अमिर राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.