ट्याटु खोपाउन लाइन बस्दा बेहोस् भएका युवकको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jan 13 | 03:14 pm 1437

काठमाडौं, पुस २९ः भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा ट्याटु खोपाउनका लागि लाइन बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा  मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीका ३३ वर्षीय विराज खड्का रहेका छन् । उनी भक्तपुरको लोकन्थलीस्थित ‘इन्क ट्याटु’मा लाइन बस्दा बेहोस् भएर मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार (हिजो) राति साढे १० बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस् भएर ढलेका थिए । बेहोस् भएपछि आफन्त र ‘इन्क ट्याटु’का सञ्चालक आरुष मल्लले उनलाई सिनामंगलस्थित केएमसी अस्पताल पु-याएका थिए ।

तर, उपचारको क्रममा अस्पतालले विहीबार बिहान उनको मृत्यु भएको घोषणा गरेको हो । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । उनी हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.