ट्याक्टर दुर्घटना हुँदा तीन घाइते

रिपोर्ट नेपाल | 2019 May 09 | 03:06 pm 1779

खोटाङ, वैशाख २५ : खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा तीन घाइते भएका छन्। जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुम्मापोखरी नजिक को २ त ५२३७ नम्बरको खाली ट्याक्टर अनियन्त्रि भई पल्टीदा चालक सहित दुई युवती घाईते भएका हुन्।

बुधबार साँझ भएको दुर्घट्नामा जन्तेढुंगा गाउँपालिका–४ डम्वर्खुशिवालयकी २२ वर्षीय तारा चौलागाँई, २० वर्षीय देबी चौलागाँई र चालक २५ वर्षीय शिवजी खड्का घाईते भएको प्रहरीले जनाएको छ। ताराको खुट्टामा, देबीको टाउकोमा र चालकको निधार र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कटवालले बताए।

तीनै जना घाईतेको प्राथमिक उपचार केन्द्र चिसापानीमा उपचार हुन नसकेपछि थप उपचारका लागि एम्बुलेन्स मार्फत विराटनगरको नोवेल अस्पताल पठाइएको छ। चालक बिदामा बसेका बेदा अर्कै व्यक्तीले ट्याक्टर चलाउँदा दुर्घट्ना भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.