ट्याक्टर दुर्घटना हुँदा भोजपुरमा एकजनाको मृत्यु, पाँच घाइते

रिपोर्ट नेपाल | 2020 Aug 03 | 04:33 pm 2468

भोजपुर, साउन १९ः ट्याक्टर दुर्घटना हुँदा भोजपुरमा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक २८ वर्षीय दिपक कुवर रहेका छन् ।

उक्त दुर्घटना जिल्लाको दक्षिणि आमचोक गाउँपालिका ३ हागातुङ वयाङ सडक खण्डमा भएको प्रहरीले जानकारी दिएको हो ।

प्रदेश नं १–०२–००३ त ५८८नम्वरको ट्याक्टर अनियन्त्रि भई दुर्घटना भएको थियो दुर्घटनामा ५ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा आमचोक गाउँपालिका ३ बस्ने वर्ष १४ को नवहाङ राई, ४० वर्षीय टंक कुँवर, १६ वर्षीय विकाश कुँवर, आम्चोक गाउपालिका ६ बयाङका १८ वर्षीय नकुल राई र १८ वर्षीय भरत राई रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दिपकको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टरमा सवार अन्य ३ जनलाई उपचारका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य प्रतिष्ठान रेफर गरिएको र अन्य २ को भने स्थानीय स्वास्थ्य संस्थामा नै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.