ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु

रिपोर्ट नेपाल | 2020 May 26 | 03:29 pm 2579

सप्तरी, जेठ १३ः ट्याक्टर पल्टेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका ६ चकुवाका  स्थानीय ७५ बर्षका गुदीलाल चौधरी रहेका छन् ।

दुर्घटना भएको ट्याक्टर उनको छोरा हरि चौधरीले चलाएका थिए । दुर्घटनामा घाइते भएका गुदीलाललाई उपचारका लागि सिरहातर्फ लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.