ट्याक्टर दुर्घटनामा एकको मृत्यु  

| 2023 Nov 06 | 10:49 am 1769

तनहुँ, कार्तिक २० । भिमाद नगरपालिका वडा नं. ६ जनज्योती स्कुल तर्फबाट बसपार्कतर्फ जाँदै गरेको ग १ त ४४४६ न.को ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।

ट्याक्टरबाट एक्कासी खसेर गम्भिर घाइते भएका  भिमाद नगरपालिका वडा नं. ६ जलौदी बस्ने  ३३ वर्षीय मिन बहादुर सार्कीलाई तत्काल उपचारको लागी जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास केन्द्र बेलचौतारा तनहुँमा पठाइएको थियो ।  उक्त अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जारी विज्ञप्तिमा जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.