ट्याक्टरबाट खसेर पर्वतमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 05 | 08:29 pm 1609

पर्वत, माघ २२: बुधबार ट्याक्टरबाट खसेर पर्वतमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागलुङ जिल्ला घर भएका १९ वर्षीय उत्सव थापा रहेका छन् ।

बेनी कुस्मा सडकखण्डअन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनीतर्फ इँटा लिएर जाँदै गरेको ध १ त २४२ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहयोगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

जलजला गाउँपालिका ७ मिलन चोकमा अचानक खसेका थापालाई उपचारका लागि म्यादी अस्पताल लगिए पनि अस्पतालले उनलाई मृत घोषित गरेको थियो।

प्रहरीले ट्याक्टरका चालक र ट्याक्टर दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.