चितवन, असोज ३१ : पृथ्वीराजमार्ग अन्तर्गत चितवनको कुरिनटारमा सवारी दुर्घटना भएको स्रोतले जनाएको छ । बा १ घ ५६५ नम्बरको दुधको ट्यांकर र ग २ च १७५१ नम्बरको मारुती भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको बुझिएको छ ।
दुर्घटनामा परी तीन जनाको मृत्यु र चार जना घाइते भएको समाचार प्राप्त भएको छ । घाइतेहरूकाे भरतपुर अस्पतालमा उपचार भइरहेकाे जानाएकाे छ । विस्तृत विवरण आउने क्रम जारी रहेको छ । समाचार अपडेटबाट