ट्यांकरमा आगलागी, सहचालकको मृत्यु

| 2022 Mar 19 | 07:51 am 1961

बारा, चैत ५: बारामा तेल ट्यांकरमा आगलागी हुँदा सहचालकको मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज बस्ने ३० वर्षीय लक्ष्मण श्रेष्ठको उक्त आगलागीमा मृत्यु भएको हो।

अमलेखगन्जस्थित आयल निगमभित्र ना.४ ख.२६५६ नं.को पेट्रोल ट्यांकरमा बिहीबार अपराह्न आगलागी भएको थियो।

पेट्रोल अनलोड गर्न पार्किङ गरी राखेको अवस्थामा ब्याट्रीको तार सर्ट भई ट्यांकरको क्याबिनमा आगलागी हुँदा श्रेष्ठ घाइते भएका थिए। शरीर जलेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा निधन भएको हो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.