काठमाडौं, फागुन १३: टोखामा बिजुलीको पोलमा ठोकिकएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका २ का हितबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
ना १६ प ९१३४ नम्बरको मोटरसाइकल अचानक बिजुलीको पोलमा ठोक्किँदा तामाङ मृत्यु भएको हो ।
उक्त मोटरसाइकल पछाडि सवार नुवाकोटकै शिवपुरी गाउँपालिका २ का सुनिल थापा गम्भीर घाइते भई शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।