टी–२० विश्वकप दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्ड भिड्दै

| 2024 Jun 27 | 11:36 am 725

काठमाडौँ १३ असार / आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल नेपाली समय अनुसार राति सवा ८ बजे हुँदै छ । ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् ।

पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।

टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोली अष्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको हो । भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर एटमा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ ।

उता इंग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । यसअघि पनि २०२२ मा दुवै टोली अन्तिम चारमा आमनेसामने भएका थिए जहाँ इंग्ल्याण्डको टोली जित दर्ता गर्न सफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.