टी-२० विश्वकप छनोट सेमिफाइनलमा नेपालले पायो १३५ रनको लक्ष्य

| 2023 Nov 03 | 12:49 pm 593

काठमाडाैं, कार्तिक १७ ।  आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ्ग गर्दै युएईले नेपाललाई  १३५ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले निर्धारित २० ओभरको खेल खेल्दै ९ विकेटको क्षतिमा १३४ रन बनाएको हो ।

युएईका लागि अरविन्दले सर्वाधिक ६४ रनको योगदान गरे। उनले ५१ बलमा ८ चौका र २ छक्काको मद्दतले उक्त रन जोडे। यस्तै युएईका कप्तान मोहम्मद वशिमले २६ रन बनाए भने अलिशान सराफुले १६ र आशिफ खानले १३ रन बनाए।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिँदा सन्दिप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.