काठमाडौं १७ साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको विषय टुङ्गो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकायका पदाधिकारीसहित सम्मिलित बैठक केही बेर अघि सुरु भएको हो ।
बैठकमा संयन्त्रका सदस्य गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मालगायत सहभागी छन्।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीकोसमेत उपस्थिति रहेको छ।
आजको बैठकमा पूर्व कानुनमन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल लगायतको पनि सहभागी रहेको छ । बैठकमा विधेयक सम्बन्धी सहमति जुटाउन बाँकी बुँदामा छलफल हुने बताइएको छ ।