टिपर ठक्करबाट बैतडीमा एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 06 | 12:06 pm 1802

बैतडी, माघ २३: टिपर ठक्करबाट बैतडीमा पनि एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका –९ का अन्दाजी ६ वर्षीय महेश महर रहेकाो इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी दिएको छ।

बा १३ च २०४१ नम्बरको टिपरले विद्यालय जाँदै गरेका बालकलाई किचेको हो। दोषीलाई कारवाहीको माग गर्दै स्थानीयहरुले अहिले सडक बन्द गराएका स्थानीय सुरेश विष्टले जानकारी दिए।

टिपर चालक शेरबहादुर पुन मगर र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको घटनास्थलमा खटिएका प्रहरी हवलदार रामसिंह धामीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.