टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Jan 25 | 12:35 pm 2409

महोत्तरी, माघ १२ः साेमबार बिहान जिल्लाको गौशाला–सम्सी सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नं को टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रमोद र पछाडि सवार गुडडुको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापश्चात् स्थानीयवासीले शव सडकमा राखेर गौशाला– सम्सी सडकखण्ड जाम गरेका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.