रौतहट, पुस १८: टिपरको ठक्करले एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बृन्दावन नगरपालिका १ बलरी गाउँका ३३ वर्षीय बिगल पटेल भन्ने राजकुमार पटेल रहेका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका ८ सन्तपुरस्थित सुबलाल बहुमुखि क्यापस अगाडी ना ७ ख ४७४३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रहरी निरीक्षक शैलेश न्यौपानेले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते भएका पटेललाई उपचारका लागि चन्द्रपुर हस्पिटलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पटेल विद्युत महसुल तिर्न चन्द्रनिगाहपुर आएको बुझिएको छ ।
ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ भने मृतक पटेलको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाइएको छ।