मोरङ, फागुन ३: टिपरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साह रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार बिहान को १ ख ७३०९ नम्बरको टिपरले प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । उक्त मोटरसाइकलमा तीन जना सवार रहेको बताईको छ ।
टिपरको ठक्करबाट गम्भीर घाईते भएका तीन मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
अकौ एकजना सप्तरी रुपनीका १८ वर्षीय धनराज यादवको उपचार भइरहेको छ ।
घटनापछि टिपर र चालकलाई मोरङको ग्रामथान गाउँपालिका–७ का ३५ वर्षीय शशीकुमार थन्दारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।