टिपरकाे ठक्करबाट प्रहरी हबल्दारकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 11 | 08:19 am 1691

मकवानपुर, जेठ २९ः गएराति टिपरले स्कुटरलाई ठक्कर दिँदा हेटौँडामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहेका प्रहरी हबल्दार केशरदोर्जे थिङ रहेका छन् ।

ना८ख ७५५८ नंको टिपरकाे ठक्करबाट प्र ३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट  मृत्यु भएको हो।

स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै टिपरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.