टिचिङ अस्पतालभित्र विष्फोट

| 2024 Apr 04 | 01:23 pm 1085

काठमाडौँ २२ चैत / त्रिवि शिक्षण अस्पतालमा महराजगञ्जस्थित एसीको पाइप विस्फोट भएर ठुलो आवाज सुनिएको छ । आवाज आएसँगै बिरामीका आफन्तहरूको भिड जम्मा भएको छ । एसीको पाइपमा जोडिएको तार सर्ट हुँदा ठूलो आवाज आएको छ ।

अस्पताल हाताको सेमिनार हलको एयरकन्डिसनर(एसी)को पाइप पड्किएको बुझिएको छ । कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप विस्फोट भएर आवाज सुनिएको प्रहरी वृत्त महाराजगन्जका डीएसपी अमर थापाले जानकारी दिए ।

उनले भने– ‘मानवीय र भौतिक क्षति भएको छैन ।’ अस्पताल प्रशासनले विस्फोट भएको एसी मर्मत गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.