टाढिँदै पूर्वएमाले र पूर्वमाओवादी

रिपोर्ट नेपाल | 2020 Jul 26 | 08:05 am 1557

काठमाडौं, साउन ११ः सत्तारूढ दल नेपाल कम्यम्युनिस्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक भएको वार्ता सहमति जुट्न सकेको छैन ।

विगत एक महिनादेखि निरन्तरत संवादमा जुट्दासमेत सहमति कायम हुन नसकेपछि प्रचण्डले पार्टीभित्र सामान्य परिस्थिति नरहेको र पार्टीकै अध्यक्ष ओलीको निर्देशनमा एमाले पार्टी दर्ता भएको अभिव्यक्ति दिएपछि थप विवाद सिर्जना भएको छ ।

प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने मागबाट पछि हट्दै कार्यकारी अध्यक्ष लिएर सहमति कायम गर्न तयार भएका प्रचण्डको अभिव्यक्तिले पार्टीभित्र पुनः नयाँ विवाद सिर्जना गरेको छ ।

प्रचण्डको नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको अभिव्यक्तिले नेकपाभित्र थप संकट सिर्जना भएको छ ।

पछिल्लो भेटवार्ता सकारात्मक बन्न नसकिरहेका बेला प्रचण्डले पार्टी विभाजनतिर जान सक्ने संकेत गरेपछि करिब समाधानतर्फ पुग्न लागेको विवाद बल्झिएको छ । नेकपाका नेता मणि थापाले पार्टी विभाजित हुँदा नेकपाको भविष्य संकटमा पर्ने बताउँदै देशको अहिलेसम्म प्राप्त उपलब्धिसमेत खतरामा पर्ने बताए ।

जनताले दुई तिहाइको मत दिएको पार्टी विभाजन गर्न होइन, देशलाई समृद्ध बनाउन हो, पार्टीभित्र असहमति र विवाद स्वभाविकरूपमा छन्, पार्टी एकता गर्ने दुवै जना अध्यक्षले नै समस्याको समाधान खोज्नुपर्छ । उनले भने ।

स्थानीय समितिको बैठकमा विवाद समाधान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपछि महाधिवेशनमा जाने–नजाने निर्णय प्रचण्डले लिइसकेका छन् । बैठकमा महाधिवेशनको पक्षमा सकारात्मक देखिएका प्रचण्डले भोलिपल्टै वरिष्ठ नेता माधवकुमार नेपालसहितका सचिवालय र पूर्वमाओवादीका स्थायी समिति सदस्यहरूलाई ओलीसँग आफूले कुनै पनि सहमति नगरेको जानकारी गराएका थिए ।

ओली र प्रचण्डबीच नियमितरूपमा संवाद भए पनि जारी समस्याको समाधानका लागि भने ठोस सहमति जुट्न सकेको छैन । दुई अध्यक्षबीच कुरा नमिल्दा एक महिना अघिबाट शुरु भएको स्थायी समिति बैठक बारम्बार स्थगित हुँदै आएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.