काठमाडौं २० मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको आठौँ खेलमा अहिले जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिडिरहेका छन् ।
त्रिवि कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिले बलिङ रोजेसँगै पोखराले ब्याटिङ गरिरहेको छ । जनकपुरको यो तेस्रो खेल हो भने पोखराले दोस्रो खेल खेलिरहेको छ । जनकपुरले यसअघिका दुवै खेल जितेको छ भने पोखराले पहिलो खेल हारेको थियो ।
जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने आफ्नो अपराजित यात्रालाई कायम गर्ने लक्ष्यसहित आज मैदानमा उत्रनेछ। पोखरा भने यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।
जनकपुर अनिल साहको कप्तानीमा छ भने पोखराका कप्तान कुशल भुर्तेल छन्।