काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार नटकीय किसिमले भन्सार जाँचपास भएर बाहिरीए पछि बरामद भएको सुनको तौल गर्नका लागि बबरमहल स्थित टक्सार विभागमा पुर्याइएको छ ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
बरामद सुन १ सय किलो भनिए तापनि त्यसको तौल र परिणाम भने एकिन नभएकोले टक्सार विभाग पठाइएको कुरा राजश्व अनुसन्धान विभागले जनाएको छ ।