झिनो अंकले बढ्यो नेप्से

| 2023 Dec 13 | 04:00 pm 273

काठमाडौं, मंसिर २७ / साताको चौथो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको छ । २९२ धितोपत्रको एक करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.२५ बढेर ३७५.३० विन्दुमा पुगेको छ । १३ वटा उपसमूहमध्ये ९ उपसमूहको समूहगत सूचक बढेको छ । चार वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

बुधबार बोटलर्स नेपालको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको ५.६९ प्रतिशले घटेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.