झापा क्षेत्र नम्बर ३ बाट लिङदेन पुनः विजयी

| 2022 Nov 24 | 04:37 pm 113

झापा, मंसिर ८: राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन प्रतिनिधिसभा सदस्यमा पुनः विजयी भएका छन्।

यो जितसँगै उनी दोस्रो पटक सांसद बनेका छन्। एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङदेनले लिङदेनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका हुन्। सिटौला सत्तारूढ गठबन्धनका साझा उम्मेदवार थिए।

लिङदेनले ४० हजार ६४८ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन्। दुई पटक लिङदेन र दुई पटक सिटौलाले जिते।

यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.