झापामा मतपत्र साटिएपछि विवाद

रिपोर्ट नेपाल | 2022 Nov 20 | 03:11 pm 2261

झापा, मंसिर ४ः झापाको बुद्धशान्ति गाउँपालिका ३ शिशुसुधार आधारभूत विद्यालय मतदान केन्द्रमा विवाद उत्पन्न भएको छ।

एउटा बाकसमा खसउनुपर्ने मत पत्र अर्को बाकसमा खसेको विषयमा विवाद उत्पन्न भएको झपाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।

रिजालले विवाद उत्पन्न भएपछि विवाद मिलाउन छलफल भइरहेको जानकारी दिए। उनले मतदान स्थगति नभएको जनाउँदै विवादको विषय छलफलबाटै समाधानको प्रयास भइरहेको स्पष्ट पारे।

प्रमुख जिल्ला अधिकारी रिजालले दिउँसो साँढे २ बजे सम्म ५० प्रतिशत मतदान भइसकेको जानकारी दिए। रिजालले झापामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.