झाँक्रीद्वारा ५ वर्षीय बालकमाथि यौन दुव्र्यवहार, ‘मुख मैथुन’ गरेको पीडितको आरोप

रिपोर्ट नेपाल | 2018 Aug 11 | 06:43 am 2319

कञ्चनपुर, साउन २६ : कञ्चनपुरमा ५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीले यौन दुव्र्यवहार गरेका छन् । अहिलेसम्म महिला तथा बालिकाहरु बलात्कृत भएको घटना घट्दै आएकोमा झाँक्री धामीले भने बालकको मुखमा लिंग घुसाएका हुन् ।

झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिंग घुसाएर ‘माउथ सेक्स’ गरेको पीडित परिवारले जनाएको छ । छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बेलुका खाना खाएर झाँक्री बालकसँगै सुतेका थिए ।

म बालकसँग नै सुत्छु भन्दै सुतेका धामीले मध्यरातमा विजुली गएको मौका छोपेर छोरोको मुखमा लिंग घुसाएको पीडित बालकका बाबुले बताए । राति विजुली गएको समयमा झाँक्रीले मुखमा लिंग घुसाईरहेको देखेपछि दुई झापड हानेर प्रहरीलाई खबर गरेको पीडित बालकका बाबुले प्रहरीसमक्ष बयान दिएका छन् । –नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.