झाँक्रीको हत्या गर्ने एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 27 | 04:13 pm 2833

बर्दिया, असार १२:  झाँक्रीले उल्टा मन्त्र पढेको भन्दै झाँक्रीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका ३ नंगापुरका ४९ वर्षीय अजोध्या भनिने दोदलाल थारु रहेका छन् ।

यही असार ४ गते रातिकाे १२ बजे आफ्नै छिमेकी ५५ वर्षीय जयराम थारुको हत्या गरेको भन्ने प्रहरीमा उजुरी परेको थियो । उनले झुटा मन्त्र पढेको भन्दै उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो हतियार घाँस टुक्रा पार्ने गरसा समेत बरामद गरेको छ । मृतक जयराम थारुले गाउँमा गुरुवा (धामी–झाँक्री) काम गर्दै आएका थिए ।

डीएसपी भारतीका अनुसार गुरुवा गर्ने क्रममा उल्टा मन्त्र पढेर श्रीमती र बुहारीको मृत्यु भएकाे भन्दै झाँक्रीको हत्या गरेको बयान दोदलाल थारुले दिएको बताए । थारूले दिएकाे बयान अनुसार एक महिनाको अन्तरालमा श्रीमती, बुहारीको मृत्यु भएकाे र आफ्नो समेत पेट फुल्ने समस्या गुरुवाले गराएकोले बदला लिन हत्या गरेको भन्ने बयानमा खुलाएकाे प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.