गुलरिया असार ५ : बुबाले छोरी बतात्कार गरेको आरोपमा बुुबा पक्राउ परेका छन् । बढैयाताल—८ ६३ वर्षीय बाबुले १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा बुबा पक्राउ परेको हो ।
प्रहरीका अनुसार माइत आएकी छोरीलाई गत वर्ष कार्तिकदेखि उनले पटक पटक जबरजस्ती करणी गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेश सिंह महताका अनुसार श्रीमान् विदेश गएको मौका छोपी माइत बसेकी छोरीलाई बाबुले जबरजस्ती करणी गर्दे आएका थिए ।
थाइराइडकी बिरामी छोरीलाई बलात्कार गरेपछि सात महिनाको गर्भ रहेको प्रनि महताले बताए । श्रीमान् विदेशबाट फर्केपछि बाबु विरुद्ध छोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।