ज्येष्ठ नागरिकको अधिकार स्थापित गराइने : प्रधानमन्त्री अाेली

रिपोर्ट नेपाल | 2018 Jun 15 | 07:00 pm 2364

काठमाडौँ,असार १:  प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई कडाइका साथ कार्यान्वयन गर्ने बताएका छन्।

तेह्रौँ ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवसका अवसरमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा उनले ऐन कार्यान्वयन गरी ज्येष्ठ नागरिकका अधिकार स्थापित गराउने बताए । महासंघका महासचिव छत्रबहादुर प्रधानले जानकारी गराए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले ऐनले समेट्न नसकेका कुरालाई पनि संशोधनमार्फत समेटिने जानकारी गराएका छन् । भेटघाटमा प्रधानमन्त्री ओलीसँग महासंघका पदाधिकारीले ऐनमा राखिएका प्रावधान अझै कार्यान्वयन हुन नसकेको गुनासो गरे । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.