संखुवासभा, माघ १४: अदालतबाट ठाहर ज्यान मार्ने उद्योगमा मुद्धा पेश भई फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचखपन नगरपालिका ३ सिबुवाका २८ वर्षीय सन्तोष राईलाई रहेका छन् । उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी वानाबाट खटिएको प्रहरी टोलीले सोही ठाउँस्थित लुकीछिपी बसेको अवस्थामा फेला पारी राईलाई पक्राउ गरेको जनाइएको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।