ज्यान मार्ने उद्योग तथा कुटपिट मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2022 Nov 06 | 07:35 pm 1101

बर्दिया, कात्तिक २०ः ज्यान मार्ने उद्योग र कुटपिट मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका -०१ बस्ने रुपलाल देवकोटा रहेका छन् ।

सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०७३/०६/०६ गतेको फैसला आदेशले ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद र रू. १ लाख जरिवाना सजाय तोकेकाे थियाे ।

फैसला पश्चात् फरार प्रतिवादीलाई प्रहरी टोलीले मिति २०७९/०७/१८ गते राती लुकिछिपी बसेको अवस्थामा उनको घरबाटै पक्राउ गरी आवश्यक कारबाहीको लागि मिति २०७९/०७/२० गते सम्मानित बर्दिया जिल्ला अदालत गुलरिया बर्दियामा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय बर्दियामा पठाईएको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए । 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.