काठमाडौं, जेठ ३०ः काठमाडौं महानगरपालिका २९ धोवी खोला करिडोर(पीच सडक सँगै) मा जेष्ठ नागरिक भवन स्वर्गीय गणेशमान सिंह सर्वमान्य नेताका नाममा हाल निर्माणाधिन भवन कच्चा हुन गएको कुरा प्राविधिकले औल्याउन थालेका छन् ।
यसै क्षेत्रका सांसद प्रकाशमान सिंहले पाउने संसद विकास कोषको रकमबाट वेशमेन्ट (अण्डर ग्राउण्ड पार्किङ) बनाउँदा जम्मा ७२ लाख लागेको मध्ये २२ लाख रकम ठाडैं हिनामिना भएको कुरा प्रमाणित जस्तै हुन पुगेको थियो ।
त्यसरी धाँधली भएको कुरा छरप्रष्ट भएपछि थप दुई तला पीलरसहितको ढलान मात्रै गर्न महानगरपालिकाले ठेक्का लगाएको थियो । सो ठेकेदारले पनि सम्बन्धितलाई कमिशन बाड्नुपर्दा ढलानमाथि पीलरको रड जत्ति आधा इन्च माथि पर्याउनु पर्ने थियो, नपुर्याई ढलान सिध्याएर पाउने रकम लिई उ विदा भयो ।
संलग्न फोटो अनुसार उक्त भवन अझ २ तला ल्यसैगरी ढलान गर्दै लैजाने प्रदेश सांसद कोषका सांसद दीपेन्द्र श्रेष्ठद्वारा छुट्याइएको रकम एक करोड मध्ये बोल कबोल गराउँदा ६० लाखमै एक जना ठेकेदारले सकाइएको र कोरोनाको कारणले निर्माण कार्य अघि बढ्न नसकेको भनिएको छ ।
प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले पहिला झैं सो भवनको थप काम उपभोक्त समिति मार्फत गराएको भए ठाडै ४० लाख धाँधली हुन जान्थ्यो, तर मैले बोल कबोल मार्फत प्रकृया अघि बढाउन लगाउँदा ४० लाख राजस्वमै बचत हुन पुगेको कुरा उहाँ बताउनु हुन्छ ।
प्रदेश सांसद श्रेष्ठ सहित सामान्य प्राविधिक ज्ञान भएका व्यक्ति भन्छन्, यस अघिका ठेक्का मार्फत बनाएको पीलरमा रड रखाई हेर्दा र त्यसैलाई जसोतसो ढाकछोप गरी थप तला थप्दै गए भवनको जग नै कमजोर हुने र सानातिना भुकम्पका धक्काले घर लड्ने सम्भावना अनि छर–छिमेकीका घरलाई पनि खतरा हुन जाने कुरा औल्याएका छन् ।
यस क्षेत्रका सांसद, जो ३ पटक चुनाव जितेर पटक–पटक मन्त्री समेत हुन पुगे उनैका पिताजी भएपनि प्रजातन्त्रको लागि लड्ने अग्रज व्यक्तित्व भएकाले सबैले मानेका व्यक्तिका नाममा निर्माणाधिन भवन निर्माणमा हुन पुगेको यो धाँधली र वेवास्तालाई यस भेगका जनताले कसरी लिने ? फेरि पनि उहाँलाई यस भेगमा मत माग्न (चौथो पटक अर्थात सधैभरी उहाँको घर पायक क्षेत्रपाटी छोडेर) अप्ठेरो पो पर्छ कि ?