जेलबाट फरार कैदीलाई पक्राउ गरी सार्वजनिक

रिपोर्ट नेपाल | 2020 Aug 02 | 03:23 pm 1752

मकवानपुर, साउन १८ः जिल्ला प्रहरी कार्यालय मकवानपुरले जेलबाट फरार भएका एक कैदीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भीमफेदी कारागारमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोगिरहेका सुनसरी रामधुनी नगरपालिका–७ का कुलदीपराज धामी रहेका छन् ।

उनी गत कात्तिक ३० गते कारागारबाट फरार भएका थिए ।

धामीले सोही स्थानका रोजिन गुरुङलाई कर्तव्य गरी हत्या गरेका अभियोगमा कैद भुक्तान गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले खोजतलास गर्ने क्रममा गत शुक्रबार नवलपरासी जिल्लाको देवचुली नगरपालिकाको रजहर पुल छेऊबाट नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका धामीलाई पुनः भीमफेदी कारागार चलान गरिने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.