जेठ २३ गते सार्वजनिक विदा

रिपोर्ट नेपाल | 2019 May 30 | 05:15 pm 1539

काठमाडौं, जेठ १६  : सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड ईदमा सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

ईदमा बिदा काटेको भन्दै नेपाल मुस्लिम संघले सरकारलाई सात दिने अल्टिमेटम दिएको थियो । संघले सातै प्रदेशका मुख्यमन्त्रीलाई बिदाको व्यवस्थाका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाएको थियो । जुन दिन चन्द्रमा देखिन्छ त्यसको भोलिपल्ट बिदा हुनेछ । मन्त्रिपरिषदको वैठकले जेठ २३ गते ईदको सार्वजनिक विदा दिने निर्णय गरेको हो । यसअघि केपी शर्मा ओली सरकारले नै बिदा कटौती गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.