जेठ १४ गते देखि जेठ १७ गतेसम्म गड्डाचौकी नाका बन्द हुने

| 2022 May 24 | 10:41 am 385

कञ्चनपुर, जेठ १०ः भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यही जेठ १४ गते बेलुकी ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने भएको हो ।

गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग जोडिएका क्षेत्रहरूको सीमानाका बन्द हुने उहाँले बताउनुभयो । सो अवधिमा स्वास्थ्योपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने अनुमतिप्राप्त हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.