नेपालगन्ज, १८ असार : दुई दिनदेखि परेको अविरल वर्षाका कारण जेठी खोलामा आएको बाढीले दुई जना बेपत्ता भएका छन् । बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका–५ का ३५ वर्षिय लोकबहादुर सुनार बाढीले बगाएर बेपत्ता भएका हुन् ।
बैजनाथ गाउँपालिका बनकटजास्थित जेठी खोला तर्ने क्रममा बाढीले बगाएको हो । उनको खोजि भइरहेको कोहलपर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।