काभ्रे, भदाै १८ः जिल्लाको नमोबुद्ध नगरपालिका-८ दाप्चामा बिहिबार आफ्नै जेठाजुले बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।
दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
अधिकारीले उनकै बुहारी रञ्जनालाई घरायसी विवादको कारण बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।