जुस स्टोरबाट लाखौं नगद चोरी गर्ने प्रकाउ

रिपोर्ट नेपाल | 2020 Feb 23 | 06:41 pm 1161

ललितपुर, फागुन ११: ललितपुर महानगरपालिका वडा नं ४ जावलाखेल स्थित रहेको एक जुस स्टोरबाट ३० लाख नगदसहित अन्य सामान चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्टोरमा काम गर्ने काठमाडौं महानगरपालिका वडा नं १४ कलंकी खड्का गाउँ बस्ने खगेन्द्र कुमार थापा रहेका छन् ।

सुरुची यादबले संचालन गरेको पशुपति भिभान्ता नामक जुस स्टोरबाट नगद र जिन्सी धनमालसहित चोरीको जाहेरी प्रहरी कार्यालयमा दिएको थियो ।

जाहेरीको आधारमा प्रहरीले घटनाको अनुसन्धान गर्दा सोही स्टोरमा काम गर्ने थापामाथि शंका लागि उनको कोठा खानतलासी गर्दा उनले कोठाको जस्तामाथि बोरा भित्र कालो झोलामा लुकाई छिपाई राखेको अवस्थामा नगद बिस लाख पचास हजार र घटना स्थलमा प्रयोग गरेको छाता, मोबाईल, ज्याकेट समेत फेला परेको थियो ।

त्यसैको आधारमा धनमालसहित खगेन्द्रलाई पक्राउ गरी चोरी मुद्धामा महानगरीय प्रहरी परिसर ललितपुरबाट अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.