जुवा खेलीरहेको अवस्थामा आठ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 28 | 08:30 am 1861

दाङ, कात्तिक ११: अवैध रुपमा जुवा खोलीरहेको अवस्थामा प्रहरीले आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु लमही नगरपालिका ५ लमही बजारका ४८ वर्षीय रत्न प्रसाद श्रेष्ठ, दाङ लमही नगरपालिका ८ का ४१ वर्षीय प्रकाश खड्का, ५५ वर्षीय कर्ण ब. बुढाथोकी, ५५ वर्षीय अमर ब. तामाङ, ५२ वर्षीय भिविराज किरात, ३४ वर्षीय खिम पुन, ५५ वर्षीय मुकेश चौधरी र ४० वर्षीय अशोक कुमार खड्का रहेका छन् ।

उनीहरुलाई रत्न प्रसाद श्रेष्ठको घरमा जुवा तास र कौडा खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कायाृलय लमही दाङबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

रत्न प्रसाद श्रेष्ठ सहित आठ जना उनीहरुलाई १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा ३२ थान र नगद ६ लाख ७८ हजार ५ सय सहित पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.