दाङ, चैत ८: अवैध रुपमा जुवा खेलिरहेका अवस्थामा दाङको घोराही उपमहानगरपालिका १४ सरस्वती टोलबाट ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १० का ४३ वर्षीय मलबहादुर डाँगी, वडा नं १८ का २१ वर्षीय प्रेम पुन, १० का ४० वर्षीय दोर्णबहादुर महरा, १४ का ५० वर्षीय गुमानसिंह डाँगी, १० का ३८ वर्षीय हरिबहादुर बिक, १८ का २७ वर्षीय आकाश लम्साल, १२ का ३१ वर्षीय विष्णु बिसी भन्ने टपेन्द्र विष्ट, १० का३८ वर्षीय धनबहादुर वली र ११ का ३२ वर्षीय अनिल बिक रहेका छन् ।
वडा नम्बर १४ मा रहेको बुढाथोकी समिर होटलमा कोठा भाडा लिई जुवा खेलिरहेका छने भन्ने गोप्य सूचनाको आधारमा जिप्रका दाङबाट खटिएका प्रहर िटोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
उक्त जुवाको खालबाट नगद २ लाख ८९ हजार १५ रुपैयाँ र दुई बुक ताससमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भई रहेको बताइएको छ ।