काठमाडौं १५ साउन । काठमाडौं प्रहरी परिसरको टोलीले चुनदेवीबाट जुवा खेलिरहेको अबस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-४ स्थित तीन तले घरको छतमा जुवा खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौंका २१ वर्षीय कविर देउला, २१ वर्षीय निलेश महर्जन, ४५ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया सरिता देउला छन् ।
काठमाडौंकै ४८ वर्षीय दीपक महर्जन, ४८ वर्षीय विवेक महर्जन र ५२ वर्षीय प्रकाश शाही पनि पक्राउ परेका छन् ।