जुवा खालबाट ७ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 10 | 08:38 am 3834

नवलपरासी, कात्तिक २५ः जुवातास खेलिरहेका सात जनालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यविन्दु–७ का ३० वर्षीय भवानीशङ्कर थनेत, ३१ वर्षीय कृष्ण कुमाल, मध्यविन्दु–१ का ४३ वर्षीय खोरबहादुर चौधरी, मध्यविन्दु–२ का ३७ वर्षीय सुनबहादुर आलेमगर, ५३ वर्षीय हेमलाल थनेत, ३३ वर्षीय उदय उप्रेती र ४५ वर्षीय पदम राना रहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु–२ शेरीस्थित नारायणजङ्घ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका सूचना अधिकारी विशाल तामाङले जानकारी दिए।

उनीहरुको साथबाट ४२ हजार १ सय ७०, विदेशी मुद्रा २ सय ६० दिराम र तीन बुक ताससमेत बरामद गरेको तामाङले जानकारी दिए । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको तामाङले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.