भक्तपुर, साउन २१ । हाेटलमा तास खेलिरहेको अवस्थामा काैशलटारबाट १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप सुनपाति गाउँपालिका-५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा हाेटल संचालक समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।