जुवातास खेल्ने एक समुह पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 19 | 02:05 pm 1966

मुस्ताङ, वैशाख ६ : अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा दश जनालाई प्रहरीले पक्राउ गरेको छ । घरपझोङ गाउँपालिका–५ दुम्बास्थित गाउँमा जुवातास खेलिरहेका १० जनालाई नगद ३ लाख ६४ हजार रुपैयाँ तथा तास र कौडासहित प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.