जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 13 | 09:19 pm 1807

कास्की, जेठ ३१ः पोखरा महानगरपालिका-१० बुद्धचोक डेरा गरी बस्ने अन्जना गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नगद ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ र ४ बुकतास सहित  प्रहरीले पक्राउ गरेको छ ।

अन्जना गुरुङको डेरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ७ जना पुरुष र ५ जना महिला गरी १२ जनालाई उक्त नगद र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.