जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

| 2023 Dec 14 | 01:50 pm 365

काठमाडौं, मंसिर २८ / काठमाडौं महानगरपालिका-१४ कुलेश्वर डेरा गरी बस्ने भारत विहार घर भएका २६ वर्षीय मुकेश कुमारको कोठामा जुवातास खेलिरहेको अवस्थामा कुमार समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.