जुवातास खेलिरहेको अवस्थामा ६० जना पक्राउ

| 2022 Nov 05 | 07:22 pm 1153

लमजुङ, कात्तिक १९ः सुन्दरबजार नगरपालिका-१ दुरागाउँ बस्ने रुपा दुराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय राम बहादुर दुरा समेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ, ईलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी कुन्छाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १ सय २३ रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

यसैगरी लमजुङ बेसीशहर नगरपालिका-११ चितिस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सुदिप सुयल समेत २५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ, ईलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी चितिबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २१ हजार २५ रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

तनहुँ, भानु नगरपालिका-५ सेपाबंगैचा बस्ने ४४  वर्षीय शिव कुमार श्रेष्ठको रक्षा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा  ईलाका प्रहरी कार्यालय भानूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८७ हजार ५ सय २० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, वाणगंगा नगरपालिका-७ वनगाई बस्ने ४७ वर्षीय रामु भुषालको जुनकिरी होटलमा जुवातास खेलिरहेको अवस्थामा भुसाल समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनको होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३६ हजार ८ सय १५ रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

ओखलढुङगा, आफ्नै श्रीमती ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने सोलुखुम्बु नेचा सल्यान गाउँपालिका घर भएका ६१ वर्षीय राम बहादुर राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीसँग सामान्य बाद विबादमा दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा  कल्पनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.