तनहुँ, कात्तिक १५ः जिल्लाको भानु नगरपालिका १० चोक मैदान हानहटियाबाट जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवा खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा शनिबार ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डमा ७ जनाको टोलि खटि गई जुवा खेल्ने र खेलाउने दुबैलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
पक्राउ पर्नेमा भानु नगरपालिका १० का अर्जुन उप्रेति, राम बहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखन कुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सुर्य कुमार श्रेष्ठ, शंकर पाण्डे, शिव पन्त, उद्धव उप्रेति, गजेन्द्र लौडारी गरी १६ जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।
उनीहरुको साथबाट प्रहरीले नगद ४८ हजार २ सय ७० रुपैयां बरामद गरी पक्राउ परेकाहरुको थप अनुसन्धान भैरहेको तनहुँ प्रहरीले जनाएको छ ।